आइएमई पे एपबाट अन्तर्राष्ट्रिय हवाई टिकट खरिदमा “जेट सेट रिवार्ड”

न्भेष्टाेपेपर । चैत्र १९, २०८०

काठमाडौँ । नेपालको पहिलो डिजिटल वालेट आइएमई पे ले अन्तर्राष्ट्रिय हवाई टिकट खरिद गर्ने ग्राहकहरुलाई लक्षित गरी “जेट सेट रिवार्ड” नामक अफर ल्याएको छ ।

यो  अफर अन्तर्गत आइएमई पे एप मार्फत  अन्तर्राष्ट्रिय हवाई टिकट खरिद गर्दा हवाई टिकटमा १००% क्यास ब्याक साथै अन्य पुरस्कारहरू पनि  जित्ने मौका पाउनेछन् ।

२०८१ जेष्ठ मसान्त सम्म चल्ने सो अफरका ३ जना  भाग्यशाली विजेताको नाम आइएमई पे को सामाजिक सन्जालमा सार्वजनिक गरिने छ ।  यसमा  पहिलो भाग्यशाली विजेताले आफ्नो हवाई टिकट खरिद गरेको रकमको  १००% क्यास ब्याक पाउनेछन् ।  दोस्रो  विजेताले द लेकसाइड रिट्रिट( पोखराको प्याकेज) जित्न सक्नेछन भने तेश्रो विजेताले चन्द्रागिरी हिल्स रिजोर्टको प्याकेज जित्ने मौका पाउनेछन् ।   

यसको साथै  आइएमई पे मार्फत टिकट खरिद गर्ने ग्राहकहरुले हरेक हवाई टिकटमा उच्चतम रिवार्ड पोइन्ट पनि प्राप्त गर्न सक्नेछन् ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *