नेपाल डिजिटल पेमेन्ट्सको अध्यक्षमा झविन्द्र लाल उपाध्याय नियुक्त

न्भेष्टाेपेपर । चैत्र ५, २०८०

काठमाडाैँ । नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडको अध्यक्षमा झविन्द्र लाल उपाध्याय
नियुक्त हुनुभएको छ। कम्पनीकाे ६३ औँ बोर्ड बैठकले अध्यक्षमा श्री झबिन्द्र लाल उपाध्यायलाई नियुक्त गरेको हो ।

२०८० फागुन ३० गते आयोजित शपथ ग्रहण समारोहमा उपाध्यायले नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्टबाट शपथ ग्रहण गर्नुभएको हो ।

नमस्ते पे नगदरहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने ध्येयले नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिडमटेड द्वारा शुरु गरिएको डिजिटल भुक्तानी सेवा हो। आधुनिक प्रविधिको प्रयोग मार्फत सरल र सुरक्षित डडिटल भुक्तानी सेवा प्रदानगरी बैंक र डिजिटल प्रविधिमा पहुँच भएका तथा नभएका सबै उपभोक्तालाई आधुनिक वित्तीय सेवा प्रदान गर्ने यसकाे उद्देश्य रहेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *