कुसोममा आयाेजना हुदैछ जब एन्ड इन्टर्नसिप फेयर

Investopaper, श्रावण २८, २०७६

काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट (कुसोम)मा आठौँ जब एन्ड इन्टर्नसिप फेयर हुने भएको छ । आगामी भदौ ३ गते उक्त फेयर कुसाेमकाे हाताभित्र हुने छ । फेयरमा स्टान्डर्ड चार्टर्ड बैंक, ओयो, सिप्रदी, युनिलिभर, बिड म्यानेजमेन्ट, डिअरवाक इन्स्टिच्युट अफ टेक्नोलोजी, गोर्खा ब्रिवरी, मुभर्स एन्ड सेकर्स, पञ्चकन्या, सामसङ इन्डिया, यती एयरलाइन्स, शिखर इन्स्योरेन्स लगायत सहभागी हुने कुसोमले जनाएको छ ।

कुसोमको प्लेसमेन्ट सेलले आयोजना गरेको यो कार्यक्रममा स्कुलको फ्लागसिप कार्यक्रम भएको जनाइएको छ । यो कार्यक्रमले कुसोम र कर्पोरेट हाउसबीच पुलको काम गर्ने पनि कुसोमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । ‘कर्पोरेट हाउसलाई कुसोमबाट उत्कृष्ट विद्यार्थीलाई रोजगारीमा लिन पनि मद्दत गर्छ,’ कुसोमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

जब एन्ड इन्टर्नसिप फेयर सन् २०११ देखि सुरु भएको हो । राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका कर्पोरेटको आकर्षण रहेको कार्यक्रममा गत वर्ष ५२ वटा कम्पनीले भाग लिएका थिए ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *