पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश

इन्भेष्टाेपेपर ।  साउन २९, २०८३

काठमाडौँ ।  सर्वोच्च अदालतले जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन प्रहरीलाई आदेश दिएको छ ।

न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले उहाँलाई अदालतमा उपस्थित गराउन आदेश दिएको हो ।

 पत्रकार श्रेष्ठका तर्फबाट उहाँकी श्रीमती सरस्वती श्रेष्ठले बिहीबार थुनामुक्त गर्न माग गर्दै बन्दीप्रत्यक्षीकरण रिट दायर गर्नुभएको थियो । रिटमा बिनाआधार पक्राउ गरिएको भन्दै उहाँलाई थुनामुक्त गर्न माग गरिएको छ । बुधबार राति पत्रकार श्रेष्ठलाई पक्राउ गरिएको थियोे । काठमाडौँ जिल्ला अदालतले बिहीबार उहाँलाई प्रहरी हिरासतमा राख्न तीन दिनको अनुमति दिएको छ । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *