ज्योति विकास बैंकको पैसा दोब्बर हुने योजना सार्वजनिक
इन्भेष्टाेपेपर । असार ६, २०७९
ज्योति विकास बैंकले “ज्योति दुईगुणा डिपोजिट” मुद्धती योजना सार्वजनिक गरेको छ।उक्त योजना अन्तर्गत ग्राहकहरुले ५ वर्ष ११ महिनामै जम्मा गरेको रकमको दुईगुणा रकम प्राप्त गर्छन्।
व्यक्तिगत ग्राहकलाई लक्षितगरी ल्याइएको यस मुद्धती खातामा न्यूनतम १० हजार जम्मागरि खाताखोल्न सकिन्छ। यो खाता बैंकको सम्पूर्ण शाखा कार्यालयहरुबाट खोल्न सकिने छ।साथै, यस खातामा ग्राहकलाई रकम आवश्यक परेमा साँवा रकमको ९० प्रतिशतसम्म ऋण सुविधा पनि छ।
ज्योति विकास बैंक ग्राहक केन्द्रित भई ग्राहकहरुको आवश्यकता र मागहरुलाई अनुसरणगर्दै नवीनतम सुविधाहरु ल्याई ग्राहकहरुको बैंकसंगको कारोबारलाई थप दिर्घकालिन र प्रभावकारी बनाउन सक्रिय रहँदै आएको छ।
ज्योति विकास बैंकले हाल ११७ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ६४ वटा ATM मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ।
