ज्योति विकास बैंकद्वारा विभिन्न चार अस्पतालहरुलाई बेबी वार्मर प्रदान

इन्भेष्टोपेपर । पुष २९, २०७८

काठमाण्डाैँ । ज्योति विकास बैंकले भिंग्री प्राथमिक स्वास्थ्य केन्द्र – प्युठान, महादेवपुरी स्वास्थ्य चौकी – बाँके, बर्दिया जिल्ला अस्पताल र स्वास्थ्य सेवा कार्यालय-  जाजरकोट गरि ४ ठाउँमा राष्ट्रिय आविष्कार केन्द्रद्वारा स्वदेशमै निर्मित बेबी वार्मर प्रदान गरेको छ। बैंकले यी विभिन्न अस्पतालहरुलाई नवजात शिशुको शारिरिक तापक्रम उचित राख्न प्रयोग हुने बेबी वार्मर प्रदान गरेको हो।

अस्पतालहरुमा आयोजित कार्यक्रममा ज्योति विकास बैंकका विभिन्न पदाधिकारीहरुबाट सम्बन्धित क्षेत्रका विभिन्न पदाधिकारीहरुको उपस्थितिकाबीच यी बेबी वार्मर औपचारिक रुपमा हस्तान्तरण गरिएको हो। साथै उक्त कार्यक्रमहरूमा अस्पतालका डाक्टर, नर्स लगायत विभिन्न सम्बन्धित कर्मचारीहरुलाई बेबी वार्मर संचालन सम्बन्धि विशेष तालिम पनि प्रदान गराईएको थियो।

नवजात शिशुको शारिरिक तापक्रम उचित राख्न प्रयोग हुने बेबी वार्मरबाट स्वर्गद्वारी नगरपालिका भिंग्री, प्युठान स्थित प्राथमिक स्वास्थ्य केन्द्र, राप्ती सोनारी गाउँपालिका वडा नं.९ बाँके स्थित महादेवपुरी स्वास्थ्य चौकी, गुलरिया नगरपालिका वडा नं. ६ स्थित बर्दिया जिल्ला अस्पताल र भेरी नगरपालिका वडा न. ३ स्थित स्वास्थ्य सेवा कार्यालय जाजरकोटमा प्रसुति सेवा लिन आउने प्रत्यक्ष्य रुपमा लाभान्वित हुनेछन्।

ज्योति विकास बैंकले हाल १०८ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६२ वटा ATM मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ।   

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *