बुद्धभुमि हाइड्रोपावरको आईपीओ आज बाँडफाँट हुँदै
इन्भेष्टोपेपर । आश्विन २२, २०७८
काठमाडौं । बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडको आईपीओ आज बाँडफाँट हुने भएको छ ।
असोज २० गते नै प्रि-अलोटमेण्ट सम्पन्न गरेको कम्पनीको आईपीओ शुक्रवार विक्री प्रबन्धक सिभिल क्यापिटलको कार्यालयमा बिहान १०:३० बजे अन्तिम बाँडफाँट गर्न लागिएको हो ।
कम्पनीको आईपीओ खरीदका लागि २१ लाखभन्दा बढी आवेदकहरुले ३५ गुणाभन्दा बढी कित्ता शेयरको खरीदको आवेदन दिएका छन् । कम्पनीले सर्वसाधारणका लागि असोज ११ गतेदेखि १४ गतेसम्म ७ लाख ४४ हजार कित्ता शेयर सार्वजनिक निष्कासन मार्फत विक्री गरेको हो ।
सर्वसाधारणका लागि छुट्याइएको रू. ८ करोड बराबरको ८ लाख कित्ता आईपीओमध्ये २ प्रतिशत अर्थात १६ हजार कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४० हजार कित्ता सामूहिक लगानीकोषका लागि सुरक्षित गरेको छ ।
