कामना सेवा विकास बैंकद्वारा मोबाइल एप मार्फत शाखारहित बैंकिङ्ग सेवा सञ्चालन

इन्भेष्टोपेपर । पुष २५, २०७८

काठमाण्डाैँ । नेपालमै पहिलो पटक कामना सेवा विकास बैंक लिमिटेडद्वारा मोबाइल एप मार्फत शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।

आफ्नो सेवा विस्तार गर्ने क्रममा गण्डकी प्रदेश अन्तर्गत बागलुङ जिल्लाको काठेखोला गाउँपालिका, वडा नं ५ बिहुँपोखरामा यही पौष २४ गते , वडा नं ५ का वडा अधक्ष्य शिव प्रसाद कडेल र बैंकका गण्डकी प्रदेश प्रमुख केदार नाथ शर्माबाट संयुक्त रुपमा मोबाइल एप प्रयोग गरी शाखा रहित बैंकिङ्ग सेवा समुद्घाटन समारोह सु–सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा वडा नं ५ का अन्य प्रतिनिधि ज्यूहरु, स्थानिय महानुभावहरु तथा बैंकका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *