कामना सेवा र बि.ओ.के. क्यापिटल बीच सम्झौता
Investopaper, असाैज ०३, २०७६
काठमाडौं — कामना सेवा विकास बैंक लिमिटेड र बि.ओ.के. क्यापिटल मार्केट लिमिटेड बीचमा शेयर रजिष्ट्रार सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।
यस सम्झौता अनुसार कामना सेवा विकास बैंक लिमिटेडको शेयर सम्बन्धी कार्य (शेयर सम्बन्धी कारोवारको रेकर्ड राख्ने, दाखिल खारेज गर्ने, नामसारी गर्ने र शेयरधनी लगत अद्यावधिक राख्ने लगायतका सम्पूर्ण कार्यहरु) बि.ओ.के. क्यापिटल मार्केट लिमिटेड, कमलादी, काठमाडौंबाट हुनेछ ।
शेयर रजिष्ट्रार नियुक्ति सम्बन्धी सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री प्रविण वस्नेत र बि.ओ.के. क्यापिटल मार्केट लिमिटेड को तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री दिनेश प्रसाद खतिवडाले हस्ताक्षर गर्नुभएको थियो ।
काठमाडौं, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न स्थानमा ९९ वटा शाखा तथा ४५ वटा ATM मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले ABBS, SMS Banking, Mobile Banking, C-ASBA लगायतका सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने योजना रहेको बैंकले जानकारी गराएकाे छ।
