किरण माईकलको ‘फेरी हांस्ने छौं’ गीत सार्वजनिक
इन्भेष्टोपेपर । श्रावण १५, २०७८
काठमाण्डाैँ । थुप्रै चर्चित गायक गायिकाको स्वरमा किरण माईकलको ‘फेरी हांस्ने छौं’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । उक्त गीतको ‘भिडियो दाईको’ रेकर्डस युट्यूब च्यानलबाट सार्वजनिक गरिएको हो ।
गायक गायिकाहरु मेलिना राई ,प्रताप दास, निल पुन, किरण माईकल घिमिरे, कमल रसाईली, अस्मिता अधिकारी, बुलेट फ्लो ,गोबिन्द चेम्जोङ्ग लिम्बु, सशन कंडेल,सुस्मिता बरालको स्वर रहेको गीतको शव्द संगित किरण माईकल घिमिरेको रहेको छ । प्रमोद परियारको एरेन्ज रहेको गीत मिक्सिङ्ग तथा मास्टर दाईको रेकर्डस युकेमा गरिएको हो ।
देशमा भैरहको प्राकृतिक विपतीबाट पिडितहरुका लागि गीतको माध्यमबाट मल्हम लगाउने प्रयास स्वरुप उक्त गीत तयार भएको लोकप्रिय गीतकार तथा गायक किरण माईकलले बताए । शिव शम्भु युनीटी ग्रुप युके नेपालको प्रस्तुती रहेको भिडियोलाई रन्जित कटवालले निर्देशन गरेका हुन भने छायांकन तथा सम्पादन पनि उनकै रहेको छ । सुरेन्द्र थापाले निर्माण गरेको भिडियो पोष्ट प्रडक्सन एआर ईन्टरटेनमेन्टमा गरिएको हो ।
