टोकियो ओलम्पिक : चीन १६ स्वर्ण पदकसहित शीर्ष स्थानमा

इन्भेष्टोपेपर । श्रावण १५, २०७

काठमाण्डाैं । जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन १६ स्वर्ण पदकसहित शीर्ष स्थानमा उक्लेको छ । अमेरिका र जापानलाई उछिन्दै चीन शीर्ष स्थान ओगट्न सफल भएको हो । कूल पदक तालिकामा भने अमेरिका अगाडि रहेकाे छ । 

चीनले हालसम्म १६ स्वर्ण, ७ रजत र १० कास्यसहित कूल ३३ पदक प्राप्त गरेको छ । जापान दोस्रो तथा अमेरिका तेस्रो स्थानमा रहेका छन् । जापानलेले १५ स्वर्ण, ४ रजत र ७ कास्यसहित २६ पदक प्राप्त गरेको छ भने अमेरिकालेले १४ स्वर्ण, १६ रजत र ११ कास्य पदकसहित कूल ४१ पदक प्राप्त गर्न सफल भएको छ ।

यस्तै ९ स्वर्ण, १२ रजत र ९ कास्यका साथ ३० पदक प्राप्त गर्दै रसियन ओलम्पिक कमिटी पदक तालिकाको चौथो स्थानमा रहेको छ । 

यसैगरी अस्ट्रेलिया ९ स्वर्ण, २ रजत र ११ कास्य पदकका साथ पाँचौँ स्थानमा रहेको छ । संयुक्त अधिराज्य बेलायत ६ स्वर्ण, ९ रजत र ८ कास्यसहित छैटौँ, दक्षिण कोरिया चार स्वर्ण, तीन रजत र पाँच कास्यका साथ सातौँ स्थानमा रहेका छन् ।

नेदरलैण्डले तीन स्वर्ण, सात रजत तथा पाँच कास्य पदक प्राप्त गरेर आठौँ स्थानमा उक्लिएकाे छ भने फ्रान्स तीन स्वर्ण, तीन रजत र तीन कास्यका साथ नवौँ तथा जर्मनी तीन स्वर्ण, चार रजत र सात कास्य जित्दै पदक तालिकाको १०औँ स्थानमा रहेको टोकियो ओलम्पिकको वेबसाइटमा उल्लेख छ । टोकियो ओलम्पिकमा सहभागी २०५ देशमध्ये हालसम्म ६७ देशले पदक प्राप्त गर्न सफल भएका छन् ।  

(7/30/2021, शुक्रबार विहानसम्म)

 नेपालबाट चार खेलमा पाँच खेलाडी टोकियो ओलम्पिकमा सहभागी भएका छन् । तीमध्ये सुटिङकी कल्पना परियार, जुडोकी सोनिया भट्ट, पौडीका एलेक्स शाह र गौरिका सिंहले खेलिसक्नुभएको छ । चारै जना पराजित भई प्रतियोगिताबाट बाहिरिनुभएको छ ।

परियारले महिला १० मिटर एयर राइफल, भट्टले महिला ४८ किलो तौल समूह, शाहले १०० मिटर फ्रि स्टाइल तथा सिंहले १०० मिटर फ्रि स्टाइलमा प्रतिस्पर्धा गर्नुभएको थियो । यसैगरि टोकियो ओलम्पिकमा एथलेटिक्सकी सरस्वती चौधरीले खासै उल्लेख्य प्रदर्शन गर्न सक्नुभएन र पहिलो चरणबाटै बाहिरिनु भएकाे छ ।

केहीबेर अघि भएको खेलमा चौधरीले महिला १०० मिटर दौडमा निर्धारित दूरी १२ दशमलव ९१ सकेण्डमा पूरा गर्दै नौ खेलाडी सम्मिलित सो समूहमा आठौँ स्थानमा रहनु भयाे । यसअघि चौधरीले १०० मिटर दौड पूरा गर्न १२ दशमलव ५५ सकेण्ड खर्चिएको रेकर्ड छ । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *