घरेलु मैदानमा रियलवेटिसलाई हराउँदै भ्यालेन्सिया कोपा डेल रे फुटबलको फाइनलमा
Investopaper फागुन १७, २०७५
विहिवार राती भएकाे काेपा डेल रे फुटवलकाे दाेश्राे सेमीफार्इनल खेलकाे दाश्राे लेगमा रियल बेटिसलार्इ १-० काे गाेल अन्तरले हराउदै भ्यालेन्सिया फार्इनलमा प्रवेश गरेकाे छ ।
भ्यालेन्सियाकाे अाफ्नै घरेलु मैदान माेर्टिलामा भएकाे खेलमा प्रतिद्वन्दी रियल बेटिसलार्इ गाेलरहित अवस्थामा राेकेकाे थियाे । खेलकाे पहिलाे हाफमा कुनै गाेल हुन सकेन भने दाेश्राे हाफकाे ५६ अाैं मिनेटमा भ्यालेन्सियाका राेड्रिगाेले एक गाेल गर्न सफल भए । यही गाेल नै खेलकाे निर्णायक गाेल सावित भयाे ।
खेलकाे पहिलाे लेगमा दुवै टिमले दुर्इ दुर्इ गाेल गरी वरावरीमा थिए भने दाेश्राे लेगकाे खेल पछि भ्यालेन्सियाले ३ – २ काे नतिजा निकाल्दै फार्इनलकाे यात्रा तय गरेकाे हाे ।
उक्त फुटवल कपकाे फार्इनलमा यस अघि नै बार्सिलाेना पुगीसकेकाे छ । अव फार्इनल म्याच बार्सिलाेना र भ्यालेन्सिया बीच हुने छ । कोपा डेल रेको फाइनल भने आगामी मे २५ तारिखमा खेलिने छ।
