रियललाई हराउँदै बार्सिलोना कोपा डेल रे फुटबलको फाइनलमा

Investopaper  फागुन १६, २०७५

छैटौं पटक फाइनल यात्रा तय गरी चार पटक उपाधि जितेको बार्सिलोना पाँचौ उपाधि जित्ने दाउमा छ ।

रियल म्याड्रिडलाई उसैको मैदानमा निरीह बनाउँदै बार्सिलोना कोपा डेल रे फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ। बार्सिलोनाले बिहीबार बिहान खेलिएको सेमिफाइनलको दोस्रो लेग खेलमा रियल म्याड्रिडलाई ३—० गोलले हराएको हो।

उक्त नतिजासँगै बार्सिलोना ४—१ कुल गोल भिन्नताका आधारमा फाइनलमा पुग्यो। यसअघि बार्सिलोनाको घरेलु मैदानमा खेलिएको सेमिफाइनलको पहिलो लेग खेल १—१ गोलको बराबरीमा सकिएको थियो।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको ५० औं मिनेटमा स्वारेजले ओसमेन डेम्बेलको पासमा टोलीका लागि पहिलो गोल गरेका थिए।

यसैगरी ६९ औं मिनेटमा रियलका राफेल भारानेबाट आत्मघाति गोल भएपछि बार्सिलोना २—० ले अगाडि बढ्यो। ७३ औं मिनेटमा स्वारेजले नै पेनाल्टीमार्फत अर्को गोल गर्दै बार्सिलोनालाई सजिलै फाइनलमा पुर्याए।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *