सिंगटी हाईड्रो इनर्जीकाे हकप्रद शेयर निष्काशन गर्ने जिम्मा कुमारी क्यापिटललाई

न्भेष्टाेपेपर । असार २३, २०८०

काठमाण्डौ । सिंगटी हाईड्रो इनर्जी लिमिटेडले प्रति शेयर १०० रूपैयाँ अंकित दरको १,४५,००,००० कित्ता हकप्रद साधारण शेयरको (१ः१) साविकका शेयरधनीहरुलाई निष्काशन गर्नको लागि कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्रीप्रबन्धकमा नियुक्त गरेको छ ।

उक्त सम्झौता-पत्रमा सिंगटी हाईड्रो इनर्जी लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक सुदिप खड्का तथा कुमारी क्यापिटलका तर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गर्नु भयो ।

सिंगटी हाईड्रो इनर्जी लिमिटेडको अधिकृत पूँजी रु. २ अर्ब ९० करोड रूपैयाँ, जारी पूँजी रु. २ अर्ब ९० करोड रूपैयाँ, र हकप्रद शेयर निष्काशन पश्चात् उक्त कम्पनीको चुक्ता पूँजी रु. २ अर्ब ९० करोड रूपैयाँ हुनेछ ।

यस कम्पनीले निर्माण गरेको २५ मे.वा. क्षमताको सिगंटी खोला जलविधुत आयोजनाले २०७८ श्रावण १७ गतेबाट व्यापारिक उत्पादन सुरु गरेको थियो । कम्पनी बाट प्राप्त जानकारी अनुसार हाल आयोजनाले ९७ प्रतिशत विद्युत उत्पादन गरिरहेको छ ।

हकप्रद शेयर जारी बाट प्राप्त रकम अर्बिर इनर्जी प्रा.ली. द्धारा प्रबर्धित सभा खोला “बी” २१.५ मे.वा. र सभा खोला “सि” ६.३ मे.वा. मा ५१ प्रतिशत र ह्याबिट्याट पावर कम्पनी प्रा.ली द्धारा प्रर्बद्धित हेवा ए साना जलविद्युत आयोजना ७.५ मे.वा. मा ५१ प्रतिशत लगानी गर्नेछ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *