लक्ष्मी क्यापिटलले आजदेखि ‘शुभलक्ष्मी कोष’ खुल्लामुखी म्युचुअल फण्ड निष्काशन गदै

इन्भेष्टाेपेपर ।  साउन १९, २०७९

काठमाण्डाैँ । लक्ष्मी क्यापिटल लिमिटेडले साउन १९ गते, बिहीबारदेखि सर्वसाधारण लगानिकर्ताको लागि ‘शुभलक्ष्मी कोष’ नामक खुल्लामुखी म्युचुअल फण्ड निष्कासन तथा बिक्री खुल्ला गरेको छ ।

क्यापिटलले लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालनहुने गरी प्रति इकाई १० रुपैयाँअंकित दरका ५० करोड रुपैयाँ बराबरको ५ करोड इकाईहरु निष्कासन गर्न लागेको हो । जसमध्ये १५ प्रतिशत इकाई कोष प्रवद्धक लक्ष्मी बैंकले बिजपुँजीको रुपमा लगानी गर्नेछ भने बाँकी रहेको ४ करोड ७५ लाख इकाईमध्ये पहिलो चरणमा सर्वसाधारणका लागि १ करोड ७५ लाख इकाई बिक्री खुल्ला गरेको छ ।

सर्वसाधारण लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम ५० लाख इकाईसम्म आवेदन दिन सक्ने छन् ।साउन १९ गते आज, बिहीबारबाट निष्कासन हुने यो फण्डमा लगानीकर्ताले छिटोमा साउन २३ गतेसम्म र ढिलोमा भदौ २ गतेसम्म धितोपत्र बोर्डबाट आस्वा अनुमति लिएका बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरबाट पनि आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धकको कार्य लक्ष्मी क्यापिटल लिमिटेडले गर्ने छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *