ग्रामीण लघुवित्तकाे शेयर लिलामीकाे आवेदन दिने आज अन्तिम दिन
Investopaper, श्रावण १५, २०७६
ग्रामीण विकास लघुवित्त वित्तिय संस्था लिमिटेडकाे हकप्रद शेयर जारीगर्दा नबिकेकाे ५,८२,८४४ कित्ता शेयरकाे बाेलकवाेल लिलामीकाे आवेदन दिने आज श्रावण १५ गते अन्तिम दिन हाे ।
यस कम्पनीकाे विक्रि प्रर्वन्धकमा एनआइबिएल एस क्यापिटल रहेकाे छ । उल्लेखित कित्ता मध्ये ३,९२,२९३ संस्थापक शेयर छ भने बांकि १,९०,४५१ कित्ता साधारण शेयर रहेकाे छ । शेयर खरिदकाे लागि न्यूनतम मूल्य एक सय रूपैंया ताेकिएकाे छ र बाेल कबाेलमा सबैभन्दा धेरै रकम बाेल्नेलाइ क्रमश बिक्रि गरिने छ ।
इच्छुक खरिदकर्ताहरूले आफूले कवाेल गरेकाे रकम एन आइविएल एस क्यापिटलकाे खाता नं ००१००१७३०२५००००२ मा जम्मा गरेकाे भाैचर वा “गुड फर पेमेन्ट चेक” समाबेस गरि निवेदन दिन सकिने छ । आवेदन एनआइविएल एस क्यापिटल र शाखाहरू तथा नेपाल इन्भेष्टमेन्ट बैंकका केही शाखाहरूबाट प्राप्त गर्न तथा बुझाउन सकिने छ ।