जनरल इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

इन्भेष्टाेपेपर । असाैज १४, २०७७

जनरल इन्स्योरेन्स कम्पनीले असोज ११ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (असोज १४ गते) अन्तिम दिन हो।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।
ईच्छुक लगानीकर्ताहरुले आस्वा सेवा प्राप्त बैंक तथा वित्तीय संस्थाहरुका साथै मेरो शेयरमार्फत आवेदन दिन सक्नेछन्।

हाल कम्पनीले निष्काशन गरेको एक सय रुपैयाँ अंकित दरका ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ मध्ये १ लाख २० हजार कित्ता संस्थाका कर्मचारी र १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरुका लागि छुटयाइएको छ। ३० लाख कित्ता मध्ये बाँकी रहेकाे २७ लाख ३० हजार कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

हाल कम्पनीको चुक्ता पूँजी ७० करोड रुपैयाँ छ। आइपीओ निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी एक अर्ब रुपैयाँ पुग्नेछ।

मंगलबार साँझ ५ बजेसम्म इन्स्योरेन्सको आईपीओमा ६ लाख ८२ हजार ७७२ वटा आवेदनबाट एक करोड ९१ लाख ९४ हजार ८३० कित्ता शेयरको लागि आवेदन परिसकेको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *