आँधीखोला लघुवित्तको आइपिओ भर्ने अन्तिम दिन, भर्न छुटला है ?

Investopaper, असार २५, २०७६

आँधीखोला लघुवित्त वित्तीय संस्थाको सर्वसाधारणकाे लागि जारी गरिएकाे ४ करोड रूपैयाँ बराबरको ४ लाख कित्ता प्राथमिक शेयर भर्ने आज अन्तिम दिन हो ।

कुल ४ लाख कित्ता मध्ये उक्त संस्थाका कर्मचारीहरूका लागि ५ हजार कित्ता तथा सामुहिक लगानी काेषका लागि २० हजार कित्ता छुट्याइएकाे छ । बांकि रहने ३ लाख ७५ हजार कित्ताकालागि सर्वसाधारणले आवेदन दिन सक्नेछन ।

निष्काशन भएकाे तीन दिनकाे अवधिमा माग भन्दा १२ गुणा बढी आवेदन परेकाे एनआइबिएल एस क्यापिटलले जानकारी दिएको छ । हिजाेसम्म २८ हजार ५ सय ८८ आवेदनबाट ४९ करोड ३६ लाख ३५ हजार रूपैयाँ बराबरको आवेदन परेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *