स्वावलम्बन लघुवित्तले पनि मर्जर समिति गठन गर्याे
Investopaper, असार २५, २०७६
स्वावलम्बन लघुवित्तकाे यही २०७६ असार २३ गते बसेकाे संचालक समितिकाे ३०८ अाै वैठकले मर्जर समिति गठन गरेकाे जानकारी गराएकाे छ ।
नेपाल राष्ट्र वैंककाे वैंक तथा वित्तिय संस्थाहरू एक अापसमा गाभ्ने गाभिने नीतिलाइ सहयाेग पुर्याउने हेतुले कुनै पनि उपर्युक्त लघुवित्त सस्थाहरू गाभ्ने वा प्राप्ति गर्ने (मर्जर तथा एक्वायर) सम्वन्धमा अावश्यक गृहकार्य गर्न समिति गठन गरेकाे हाे ।
संचालक सतिस कुमार श्रेष्ठ संयाेजक रहेकाे ४ सदस्यिय मर्जर समिति गठन गरिएकाे छ । अन्य सदस्यहरूमा राम प्रसाद पाण्डे र भाष्कर नरसिंह जाेशी रहेकाछन भने सदस्य सचिवमा प्रमुख कार्यकारी अधिकृत भाेजराज बस्याल छन ।
