ल्याटीन ए.बी.एस. कम्पनीको ब्रान्ड एम्बेसडरमा राजकुमार थापा मगर
इन्भेष्टोपेपर । माघ १२, २०७८
काठमाण्डाैँ । काठमाडौ कपन तेन्जीङ्गचोकमा खाेलिएकाे दुई पाङ्ग्रे सवारीको मर्मत सेवा दिदै आएको ल्याटीन ए.बी.एस.को ब्रान्ड एम्बेसडरमा चर्चित युटुब भ्लगर राज कुमार थापा मगर नियुक्त हुनुभएकाे छ ।
मङ्गलबार राजधानीमा आयोजित कार्यक्रममा ल्याटीन ए.बी.एस.का संस्थापक तथा प्रवन्धक विकल्प चौलागाई र राजकुमार थापाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको ल्याटीन ए.बी.एसद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । अब थापाले विभिन्न सञ्चारमाध्यमबाट ल्याटीन ए.बी.एस को प्रचारप्रसार गर्ने भएका छन् । पब्लिक फिगर बनेपछि कुनै पनि उत्पादन वा कम्पनीको विश्वसनीयता र उद्देश्य थाहा पाउन जरूरी रहेको थापाले बताउनु भयाे ।
ल्याटीनसँगको आफ्नो आबद्धताको बारेमा बोल्दै विज्ञप्तिमा उहाँलाई उद्धधृत गर्दै भनिएको छ, म कम्पनीको राम्रो नियम र विश्वसनीयताका कारण ब्रान्ड एम्बेसरको रुपमा आवद्ध भएको छु । बढ्दो महङ्गीको वर्तमान परिपेक्षमा सुपथ र सस्तो मुल्यमा आफ्नो ग्राहकलाई सेवा दिदै आएकाले म यस कम्पनीको उद्देश्यबाट प्रभावित छु । सबैका आवश्यकताहरु सजिलै र सरल रुपमा कसरी पुरा गर्ने भन्ने बारे ल्याटीन ए.बी.एस. कम्पनीले पुरा गरेकोमा म विश्वास व्यक्त गर्दछु ।
