धौलागिरी लघुवित्तकाे साधारण शेयर निष्काशन सम्झौता

इन्भेष्टोपेपर । माघ १२, २०७८

काठमाण्डाैँ । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले निष्काशन गर्नुपर्नेे तीन लाख कित्ता साधारण शेयर निष्काशन गर्नको लागि सनराइज क्यापिटल लिमिटेड, कमलपोखरी, काठमाडौलाई निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त गरिएको छ ।

उक्त कार्यको लागि लघुवित्त वित्तीय संस्थाको तर्फवाट प्रमुख कार्यकारी अधिकृत मीन बहादुर बोहरा तथा सनराइज क्यापिटल लिमिटेडका तर्फवाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठकाबीच साधारण शेयर निष्काशनकाे सम्झौतामा हस्ताक्षर भएकाे हाे ।

धौलागिरी लघुवित्त वित्तीय संस्था लिमीटेड राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्थाको ईजाजपत्र प्राप्त गरी मिती २०७५ फागुनदेखी वित्तीय कारोबार गर्दै आईरहेको यस वित्तीय संस्थाले बि.स. २०७८ पुष मसान्त सम्ममा नेपालका २० जिल्लामा ४६ वटा शाखा कार्यालयहरु मार्फत ३४,४३८ सदस्यहरुलाई आफ्नो सेवा प्रदान गर्दै आइरहेको छ । सोही अबधिसम्ममा वित्तीय संस्थाको कुल कर्जा लगानी तर्फ रु. १ अर्ब ४४ करोड, निक्षेप संकलन तर्फ रु. ६२ करोड १४ लाख रहेकोमा अन्तर बैंक सापटी रु.६१ करोड ८० लाख रहेको छ ।

हाल चुक्ता पूँजी ७ करोड रहेकोमा सार्वजनिक शेयर निष्काशन भए पश्चात् रु. १० करोड चुक्ता पूँजि कायम हुनेछ । हाल जगेडा तथा कोषहरु तर्फ कुल रु.१० करोड ३८ लाख रहेको छ । आर्थिक बर्ष २०७७।०७८ को आषाढ मसान्त सम्ममा वित्तीय संस्थाको वितरण योग्य मुनाफा रु.२ करोड ६० लाख रहेकोमा पुष मसान्तसम्म आईपुग्दा उक्त वितरण योग्य मुनाफा रु.४ करोड ९ लाख पुगेको छ ।

आर्थिक बर्ष २०७७।०७८ को मसान्तमा प्रतिशेयर आम्दानी रु.५०।१२ भन्दा बढि कायम गरेकोमा पुष मसान्त सम्ममा आईपुग्दा रु.६१।४५ प्रतिशेयर आम्दानी कमाउन सफल भएको संस्थाका प्रमुख कार्यकारी अधिकृत मिन बहादुर बोहराले जानकारी गराउनु भएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *