नमस्ते पे मा लाेयल्टी पाेइन्टस् प्रणाली को सुरुवात
इन्भेष्टाेपेपर । साउन २४ २०७९
काठमाडौं : नमस्ते पे ले आपनो App मा Loyalty कार्यक्रम ल्याएको छ र यो सुरुवातसँगै नमस्ते पे आफ्ना प्रयोगकर्ताहरूलाई नमस्ते पे का विभिन्न सेवाहरू प्रयोग गर्न थप उत्प्रेरित गराउनेछ।
नमस्ते पे को लाेयल्टी पाेइन्टस् प्रणाली कुनै प्रयोगकर्ताले नमस्ते पे एप प्रयोग गर्दा खर्च गर्ने रकममा आधारित छ।प्रत्येक प्रयोगकर्ताले हरेक NPR 100 को खर्चमा, 2 NP Coins/Points पाउनेछन् र प्रत्येक 8 NP Points/Coins को मूल्य NPR 1 हुनेछ ।
सेवाहरूको प्रयोग गरेको अनुपातमा, प्रयोगकर्ताहरूले NP Points सङ्कलन गर्न सक्नेछन्, र नमस्ते पे मा उपलब्ध लाेयल्टी पाेइन्टस्मा आकर्षक प्रस्तावहरू समावेश छन् जस्तै; NP Coins प्रयोग गरी विभिन्न भ्वाइस/डेटा प्याकहरू र टप-अप redeem गर्नसक्ने , विभिन्न कुपन/अनलाइन शपिङ भाउचरहरू जित्ने मौका, विशेष अवसरहरूमा प्रयोगकर्ताहरूले NP पोइन्टहरूलाई Namaste Paisa वालेट ब्यालेन्सको रूपमा रूपान्तरण गर्न सक्ने, एयरलाइन्स टिकटहरू/होटलहरू/ट्रिपहरू र थप डिजाइन गरिएका अभियानहरूमा समेत प्रयोगकर्ताहरूले NP Points redeem गर्ने मौका पाउनेछन् ।
नमस्ते पे नगदरहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने ध्येयले शुरु गरिएको डिजिटल भुक्तानी सेवा हो । आधुनिक प्रविधिको प्रयोग मार्फत सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गरी बैंक र डिजिटल प्रविधिमा पहुँच भएका तथा नभएका सबै उपभोक्तालाई आधुनिक वित्तीय सेवा प्रदान गर्नु यस वालेट सेवाको उद्देश्य रहेको छ ।
