कृषि विकास बैंकबाट क्यूआर टेलर सेवाको शुभारम्भ
इन्भेष्टोपेपर । माघ ४, २०७८
काठमाडौ । कृषि विकास बैंक लि. बाट क्यूआर टेलर सेवाकाे सुरुवात भएको छ । बैंकको ५५ औं बार्षिकोत्सवको उपलक्ष्यमा प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले कर्पोरेट बैंकिग कार्यालय, रामशाहपथमा क्यूआर टेलर बाट कारोबार गरी यो सेवाको विधिवत शुभारम्भ गर्नु भएको हाे ।
उक्त कार्यक्रममा उपमहाप्रवन्धकहरु प्रताप सुवेदी, यज्ञ प्रकाश न्यौपाने, ध्रुव चन्द्र गौतम, दिर्घ बहादुर अर्याल, बाबुकाजी थापा, विभागीय प्रमुखहरु अजय कुमार रिमाल, पप्पु बाबु श्रेष्ठ, सुन्दर प्रसाद खतिवडा, सरोज कुमार शाह तथा डिजिटल बैंकिग विभागका बरिष्ठ शाखा प्रमुख प्रज्वल भट्टराई लगायत अन्य कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।
बैंकको मोवाइल र्बैकिग सेवा लिएका ग्राहकहरुले चेक बिना नै सहज तथा सुरक्षित रुपमा क्यूआर टेलरबाट क्यूआर स्क्यान गरी आफ्नो खाताको रकम भुक्तानी लिन सकिने सेवाको शुभारम्भ सँगै ग्राहकहलाई थप डिजिटल सेवा प्राप्त गर्ने अवसर मिलेको छ ।
बैंकले वित्त बजारका अन्य बैंक तथा वित्तीय संस्थाहरुसँंग प्रतिस्पर्धा गर्न परम्परागत बैंकिग गतिविधीका अतिरिक्त ग्राहकहरुको आवश्यकता अनुसारको अत्याधुनिक बैंकिंग सेवाहरु मोवाइल बैंकिङ्ग, अलर्ट बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, आन्तरिक रेमिटान्स, एजेन्सी रेमिटान्स, स्विफ्ट, कार्ड, एटिएम, इसिसि, आइपिएस, कनेक्ट आइपिएस, सि–आश्वा, डिम्याट लगायतका विभिन्न सेवाहरु व्यवस्थित, भरपर्दो तथा सुरक्षित रुपमा सञ्चालन गरिरहेको परिप्रेक्ष्यमा यस क्यूआर टेलर सुविधाले ग्राहकहरु थप आकर्षित हुने देखिन्छ ।
