पाइपलाइन बिच्छयाउने कार्य सम्पन्न, मेलम्चीको पानी वितरण गर्ने तयारी

इन्भेष्टाेपेपर ।  वैशाख ८, २०७९

काठमाडौं । मेलम्चीको पानी वितरण गर्न काठमाडौँ उपत्यकाको चक्रपथभित्रको क्षेत्रमा एक हजार किलोमिटर पाइप बिच्छ्याउने काम सम्पन्न भएको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) अन्तर्गतको आयोजना कार्यान्वयन एकाइ (पीआईडी)का निर्देशक राजेन्द्र सापकोटाले काठमाडौंको चक्रपथभित्रको क्षेत्रमा मेलम्चीको पानी वितरण गर्न एक हजार १० किलोमिटर पाइपलाइन बिच्छयाइएको जानकारी दिनुभयाे ।

उहाँका अनुसार बिच्छ्याइएका पाइपमध्ये अहिलेसम्म ४१० किलोमिटरको परीक्षण भइसकेको छ । परीक्षण गरिएका पाइपबाट मेलम्चीको पानी आउनेबित्तिकै वितरण गर्न सकिनेछ । उहाँले भननुभयाे, “पाइप परीक्षणका लागि प्रशस्त मात्रामा पानी चाहिन्छ । ट्याङ्करको पानीले पुग्दैन । मेलम्चीको पानी आएपछि बाँकी रहेका पाइपको परीक्षण गरिनेछ ।”

त्यसैगरी थोक वितरण प्रणालीको ७७ किलोमिटरमध्ये ७५.५ किमि सम्पन्न भइसकेको छ । थोक वितरण प्रणालीको परीक्षण पनि सकिएको जानकारी उहाँले दिनुभयाे । उहाँका अनुसार याङ्री र लार्के खोलाको पानी वितरण प्रणालीमा जडान भएपछि चक्रपथबाहिरको क्षेत्रमा पाइपलाइन विस्तार गरिने योजना छ ।

सुन्दरीजलमा आएको मेलम्चीको पानी भण्डारण गरी वितरण गरिनेछ । उपत्यकामा १० वटा ट्याङ्की निर्माण सम्पन्न भइसकेको छ । आयोजनाका अनुसार भक्तपुरको कटुन्जे र तिग्नी, काठमाडौँको आरुबारी, महाँकाल चौर, बाँसबारी, कीर्तिपुर, पानीपोखरी, बालाजु र ललितपुरको खुमलटारमा ट्याङ्की निर्माण सकिएका छन् । याे समाचार गाेरखापत्रमा प्रकाशित भएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *