जानी राखाैँ ! खुट्टा खप्ट्याएर बस्दा कस्ताे असर पर्ला ?

न्भेष्टाेपेपर ।  माघ १६, २०७९

कयौं व्यक्तिहरु खुट्टा खप्ट्याएर बस्न सजिलो मान्छन्। तर पटक-पटक अनि लामो समय यस्तो पोजिसनमा बस्दा स्वास्थ्यमा गम्भीर असर पुग्छ।

यसरी बस्दा शरिरको प्राकृतिक संरचना कायम रहँदैन जसको कारण स्वास्थ्य समस्या आउन सक्छ। के हुन्छ खुट्टा खप्ट्याएर बस्दा ?

१. लामो समय खुट्टा खप्ट्याएर बस्दा शरिर आफ्नो प्राकृतिक संरचनामा रहँदैन। यसले ढाड दुख्ने समस्या बढ्छ।

२.खुट्टाको नशामा दबाव पर्छ । यसले खुट्टातर्फ जाने रक्तसञ्चारमा बाधा पुग्छ। जसले मुटुलाई दबाब पार्छ।

३. यसरी बस्दा पेल्बिक बोनमा समस्या बढ्छ।

४. खुट्टा खप्ट्याए बस्दा खुट्टामा हुने ‘स्पाइडर भेन्स’ (माकुराको जालो झै फैलिएका नशा) मा रगत जम्मा हुन थाल्छ। जसले गर्दा खुट्टा दुख्ने अनि सुन्निने समस्या हुन्छ।

— एजेन्सीकाे सहयाेगमा

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *