घरमा पूजापाठ गर्दा यस्ता गल्तीहरू कहिल्यै गर्नुहुँदैन

न्भेष्टाेपेपर ।  माघ १६, २०७९

काठमाडौँ : कयौँ पटक हामीले हरेक दिन पूजापाठ गछौँ, तर त्यसको फल मिल्दैन् ।

पूजा गर्दा हामीले गर्ने साना साना गल्तीका कारण हुने गर्दछ । हिन्दु शास्त्रमा हामीलाई पूजा गर्दा के गल्ति गर्न हुँदैन्, के कुरामा ध्यान दिनु पर्दछ भन्ने उल्लेख गरिएको छ ।

भगवान वराहले वराह पुराणमा पूजाको समयमा निषेध गरिएका कामबारे बताएका छन् । यस पुराणमा वराह भगवानले पूजासँग जोडिएका केही कामका बारेमा उल्लेख गर्नुभएकाे छ ।

– गलत कामबाट कमाएको पैसा भगवानलाई नचढाउनुहोस्। यसलाई अपराध मानिने गरिन्छ ।

– नीलो वा कालो रंगको कपडा पूजाका समयमा लगाउनु हुँदैन् ।

– शवको स्पर्श गरेपछि स्नान नगरी पूजा गर्नु हुँदैन् ।

– संभोग गरीसकेपछि स्नान नगरी पूजा गर्नु हुँदैन् । यसलाई अपराध मानिने गरिन्छ ।

– रिसाएको बेला भगवानको उपासना गर्दा फल मिल्दैन् ।

– अँध्यारोमा भगवानको मूर्ति वा तस्वीरलाई स्पर्श गर्नु वा पूजा गर्नु अपराध मानिने गरिन्छ ।

– घण्टी वा शंख आदीको आवाज नदिइ पूजा गर्दा गभवानले स्वीकार गर्दैनन् ।

– केही खाइसकेपछि कुल्ला नगरी वा पानी नपिइ पूजा गर्दा फल प्राप्त हुँदैन् ।

— एजेन्सीको सहयोगमा

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *