राष्ट्रिय सभाको उपाध्यक्षमा लिलाकुमारी भण्डारी निर्विरोध निर्वाचित
इन्भेष्टाेपेपर । चैत्र २३, २०८२
काठमाडौँ । एमाले सांसद लिलाकुमारी भण्डारी राष्ट्रिय सभाको उपाध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएके छ । सोमबार बसेको राष्ट्रिय सभा बैठकमा सांसद प्रेमप्रसाद दंगालले प्रस्तुत गरेको सांसद भण्डारीलाई राष्ट्रिय सभाको उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।
भण्डारी राष्ट्रिय सभाको उपाध्यक्षमा निर्विरोध निर्वाचित भएको राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले घोषणा गर्नुभएकाे हाे । त्यस अवसरमा अध्यक्ष दाहालले नवनिर्वाचित उपाध्यक्ष भण्डारीलाई बधाई दिँदै कार्यकालको सफलताको शुभकामना पनि व्यक्त गर्नुभयाे ।
एमाले सांसद भण्डारी, कांग्रेस, नेकपालगायतका दलको सहमतिमा उपाध्यक्ष पदमा निर्विरोध निर्वाचित हुनुभएकाे हाे । उहाँले संविधान सभा सदस्य र शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्रीको जिम्मेवारी समेत सम्हालि सक्नु भएकाे छ ।
