अचम्म ! ५० हजार वर्ष पुरानो हरियाे तलाउ, गुलाबी रंगमा बदलियो

इन्भेष्टाेपेपर । पुष ०४, २०७७ 

भारतको महाराष्ट्रस्थित एउटा तलाउको पानी अचानक गुलाबी रंगमा बदलिएपछि स्थानीयहरु दंग परेका छन् ।

मुम्बइबाट ३ सय माइल पूर्वतिर पर्ने ‘लोनार लेक’अचानक गुलाबी रंगमा बदलिएको हो । जुन लेक ५० हजार वर्ष पुरानो भएको बताइन्छ । पछिल्लो केही सातादेखि यहाँ रंग बदलिन थालेको स्थानीय बताउँछन् ।

हरियो रंगमा रहेको उक्त तलाउको पानी पछिल्लो समय अचानक गुलाबी बनेको हो । साथै सुख्खा मौसमका कारण ताल पनि सुक्दै गएको देखिन्छ । यो पुरानो र पर्यटकीय रुपमा आकर्षक तालको यस्तो अवस्थापछि वैज्ञानिकहरु पनि अचम्भित भएका छन् ।

Lonar lake (Before)

उनीहरुले यसबारे अनुसन्धान गर्न थालेका छन् । हालै वैज्ञानिकले केही पानी संकलन गरेर खोजी सुरु गरेका हुन् । भारतभर मिडिया र सामाजिक सञ्जालमा समेत यो तालको तस्बिर र भिडिओ अहिले भाइरल बनेको छ । (एजेन्सीकाे सहयाेगमा)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *