महावीर पुनलाई ‘रत्न श्रेष्ठ राष्ट्रिय पुरस्कार’ प्रदान

इन्भेष्टाेपेपर ।  फागुन ८, २०८१

बागलुङ ।  साहित्यकार प्रेम छोटाले स्थापना गरेको मोफसलको पहिलो पुरस्कार ‘रत्न श्रेष्ठ राष्ट्रिय पुरस्कार’ रोमन म्यागसेसे पुरस्कार विजेता तथा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा सिर्जनशील व्यक्तित्व महाविर पुनलाई प्रदान गरिएको छ । 

दुर्गम क्षेत्रमा ताररहित इन्टरनेट प्रविधिको प्रयोग गरेर गाउँलाई विश्वसँग जोड्ने काममा पुन प्रसिद्ध हुनुहुन्छ । रत्न श्रेष्ठ पुरस्कार गुठीले ४८ औं स्मृति दिवशको अबसरमा बुधबार आयोजना गरेको कार्यक्रममा पुरस्कार प्रदान गरेको हो । 

पुस्तक बिक्री अभियानमा इटहरीमा रहनुभएका पुन पुरस्कार लिन आउन नसकेपछि राष्ट्रिय आविष्कार केन्द्रको पोखरा इन्चार्ज तथा इन्जिनियर ईन्द्र ओलीले पुरस्कार ग्रहण गर्नुभयो । गुठीले ५० हजार रुपियाँको पुरस्कार पुनलाई प्रदान गरेको हो । 

पुरस्कार लिन आउन नपाए पनि इटहरीबाट लिखित पत्र पठाउनुभएका पुनले पुरस्कार दिएकोमा गुठीलाई धन्यवाद ज्ञापन गर्नुभयो । २०३३ सालमा छोटाले आफ्नी आमा रत्नको नाउँमा स्थापना गर्नुभएको हो । गुठीले वर्षेनी झण्डै एक लाख रुपियाँ बराबरको रकम पुरस्कार स्वरुप बितरण गर्दैआएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *