महालक्ष्मी लाईफ इन्स्योरेन्सले चौथो बार्षिकोत्सव मनाउँदै

न्भेष्टाेपेपर ।  माघ २७, २०७९

काठमाण्डाैँ । जीवन बीमा बजारमा सबैभन्दा कान्छो कम्पनीको रुपमा २०७५ माघ २७ गतेबाट कारोबार प्रारम्भ गरेको महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले कारोबार संचालनको चार वर्ष पुरा गरेको छ ।

नेपालको जीबन बीमा बजारमा देखा परेको अनेकौ समस्या र कठिनाईको सामना गर्दै बीमा सम्बन्धी जनचेतना अभिबृद्धि गर्न तथा गुणस्तरिय व्यवसाय सँगै कम्पनीको विस्वासनियता बृद्धिलाई प्राथमिकतामा राखेर प्रत्येक घरमा एउटा जीवन बीमा, युवासँग महालक्ष्मी लाईफ र महिला सशक्तिकरणमा महालक्ष्मी लाईफ जस्ता जनचेतना मूलक कार्यक्रम लिएर देशै भरी अभियान संचालन गरेकाे छ ।

कम्पनीले संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत यी सबै कार्यक्रम संचालन गरेको कारण कारोबारमा निरन्तर बृद्धि संगै कम्पनीको राम्रो ब्राण्ड स्थापित गर्न सफल भएकाे, फलस्वरुप प्रत्येक वर्ष मूनाफा संगै बीमितहरुलाई दिने बोनस दर पनि अन्य कम्पनी भन्दा राम्रो दिन सफल भएकाे कम्पनीले जारी गरेकाे विज्ञप्तिमा उल्लेख गरेकाे छ ।  

कम्पनीले गत आ.व. २०७८/७९ को पौष मसान्तको तुलनामा चालु आ.व. २०७९/८० को पौष मसान्त सम्ममा चुक्ता पूँजीमा ५०%, जगेडा कोषमा ६०.७ %, जीवन बीमा कोषमा ५६.४%,  महाविपत्ति कोषमा ४४.५%, कर्जा लगानीमा २९.५%, दाबी भुक्तानीमा ३८% र मुनाफामा ३५.४% ले बृद्धि गर्न सफल भएको छ ।

नेपाल बीमा प्राधिकरणले २०७९ चैत्र भित्र अनिवार्य रुपमा पूँजी बृद्धि गर्ने निर्देशन दिए पछि प्रभु लाईफ इन्स्योरेन्स सँग मर्जरको प्रकृयामा रहेकाे छ । भारतीय बीमांकी बाट सम्पत्ती दायीत्वको मुल्याङ्कन प्रतिवेदन आउन निकै ढिला भएको कारण निर्धारित समयमा एकीकृत कारोबार गर्न नसकेता पनि २०७९ चैत्र भित्र मर्जर कार्य सम्पन्न गर्ने लक्ष्य लिएका छ।

एकिकृत कारोबार पछि बन्ने प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्सले मितव्ययी तरिकाले गुणस्तरिय कारोबार संचालन गर्दै लगानी कर्ता र बीमितहरुको हितलाई सधै सर्वोपरि राखि काम गर्ने विश्वास दिलाउन चाहेकाे कम्पनीले विज्ञप्ति मार्फत जानकारी गराएकाे छ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *