प्रशासनिक सेवालाई डिजिटल बनाउँदा भ्रष्टाचार नियन्त्रणमा टेवा पुग्ने राष्ट्रपतिको विश्वास

न्भेष्टाेपेपर ।  माघ २९, २०७९

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रशासनिक सेवालाई डिजिटल माध्यमबाट गर्दा भ्रष्टाचार नियन्त्रणमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभएकाे छ ।

शनिवार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपतिले सार्वजनिक खरिद ऐनलाई प्रभावकारी बनाइनुपर्नेमा पनि जोड दिनुभयाे । 

‘प्रशासनिक सेवालाई डिजिटल माध्यमबाट गर्दा र सार्वजनिक खरिदलाई प्रभावकारी बनाउँदा भ्रष्टाचार नियन्त्रणमा टेवा पुग्ने मैले विश्वास लिएको छु’, राष्ट्रपतिले भन्नुभयाे, ‘राजनीतिक नेतृत्व, आयोग र प्रशासनीय नेतृत्वको संयुक्त प्रयासले भ्रष्टाचार नियन्त्रण प्रभावकारी हुन सक्छ ।’

भ्रष्टाचारले दिगो विकासको लक्ष्य हासिल गर्न बाधा पुर्‍याउने उल्लेख गर्दै राष्ट्रपतिले यसलाई नियन्त्रण गर्न सबै पक्ष गम्भीर भएर लाग्नुपर्नेमा जोड दिनुभयाे। उहाँले तिनै तहका सरकार र नागरिकको सहकार्यमा भ्रष्टाचार नियन्त्रणमा ठोस प्रगति हुन सक्ने विश्वास समेत व्यक्त गर्नुभयाे। 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *