हरिनगरा, इटहरी र गौरमा युवासँग महालक्ष्मी लाईफ कार्यक्रम सम्पन्न

इन्भेष्टोपेपर । मंसिर ९, २०७८

काठमाण्डाैँ । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले बीमा जागरण राष्ट्रिय अभियान अन्तर्गत शुरु गरेको “युवासँग महालक्ष्मी लाईफ” कार्यक्रम सुनसरीको हरिनगरा, मोरङ्गको इटहरी र रौतहटको गौरमा सम्पन्न भएको छ।

मंसिर ५ गते इटहरि नमुना कलेजमा ५० जना बिद्यार्थीको उपस्थिति रहेको उक्त कार्यक्रमको अध्यक्षता क्याम्पस चिफ डि. एन.न्यौपानेले गर्नु भएको थियो भने उक्त कार्यक्रममा बीमा सम्बन्धी चेतनामुलक प्रशिक्षण कम्पनीका वरिष्ठ सहायक महाप्रवन्धक प्रशान्त राज धमलाले प्रदान गर्नु भएको थियो। उक्त कार्यक्रम एरिया प्रमुख शिपुजन शाहले सञ्चालन गर्नु भएको थियो।

त्यसै गरी सोही दिन हरिनगरा मा.वि.मा करिव १५० जना जना बिद्यार्थीको उपस्थिति रहेको अर्को कार्यक्रममा बीमा सम्बन्धी चेतनामुलक प्रशिक्षण कम्पनीका वरिष्ठ सहायक महाप्रवन्धक प्रशान्त राज धमलाले प्रदान गर्नु भएको थियो । उक्त कार्यक्रममा बीमाको आवश्यकता र औचित्यबारे हरिनगरा शाखा प्रमुख सञ्जय शाह तथा उप क्षेत्रिय प्रमुख हिरा निरौलाले प्रकाश पार्नु भएको थियो। कार्यक्रमका अध्यक्ष तथा प्रधान अध्यापक बलराम मण्डलले समिक्षा मन्तब्य दिनु भएको उक्त कार्यक्रमको सञ्चालन जनजागरण जिल्ला कमिटिका संयोजक खड्ग नारायण उराँवले गर्नु भएको थियो।

त्यसैगरी मंसिर ६ गते  गौरी शंकर बहुमुखी क्याम्पस, गौर, रौतहटमा ५० जना स्नातक तहका विद्यार्थी उपस्थित कार्यक्रमको अध्यक्षता क्याम्पस प्रमुख रमेश श्रीवास्तवले गर्नु भएको थियो। प्रमुख अथिति प्रशासकिय अधिकृत मोहन यादव रहेको उक्त कार्यक्रममा बीमाको महत्व बारे कम्पनीका गौर क्षेत्रका बजार प्रमुख राजेश कुमार शाहले प्रकाश पार्नु भएको थियो ।

उक्त कार्यक्रममा बीमा सम्बन्धी प्रशिक्षण क्षेत्रिय प्रमुख दिगम्बर प्रसादले प्रदान गर्नु भएको थियो। कम्पनीका कर्मचारी मनोज कुमार यादवले सञ्चालन गर्नु भएको उक्त कार्यक्रमका अध्यक्ष तथा प्रमुख अतिथिले उक्त कार्यक्रमको सराहना गर्दै यस कार्यक्रमले जनस्तरमा बीमा बारे बुझ्न र समाजमा रहेका बीमा सम्बन्धी अन्यौललाइ हटाउन सहयोग गर्ने विश्वास व्यक्त गर्नु भयो।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *