किसानकाे उत्पादन दूधको मूल्य बढाउने गृहकार्य

इन्भेष्टोपेपर । मंसिर ९, २०७८

काठमाडौँ ।  कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दूधको मूल्य बढाउन गृहकार्य सुरु गरिरहेको छ । कृषि मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय दुुग्ध विकास बोर्डले एक चरण सरोकारवालासँग छलफल गरिसकेको छ । सो छलफलबाट आएको निष्कर्ष कृषि मन्त्रालयलाई जानकारी गराएपछि थप प्रक्रिया अगाडि बढ्ने बताइएको छ ।

बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्रप्रसाद यादवले दूधको मूल्य वृद्धि गर्ने विषयमा सरोकारवालासँग छलफल गरिसकेको र त्यसबारे मन्त्रालयलाई जानकारी गराइसकेपछि थप प्रव्रिmया अगाडि बढ्ने बताउनुुभयो ।

बोर्डसँग भएको छलफलमा किसान तथा उद्योगीले आआफ्नो तर्फबाट मूल्य प्रस्ताव गरेका छन् । किसानको तर्फबाट केन्द्रीय दुुग्ध सहकारी सङ्घ लिमिटेडले प्रतिलिटर १४ रुपियाँ र डेरी उद्योगीबाट नेपाल डेरी एसोसिएसन तथा डेरी उद्योग सङ्घले १० रुपियाँ वृद्धि गर्नुपर्ने प्रस्ताव गरेका छन् । त्यस्तै सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डीडीसी)ले पनि अध्ययन गरेर दूधको मूूल्य वृद्धि हुुनुपर्ने भनेको छ भने केन्द्रीय पशुपालन सहकारी सङ्घले हालको मूल्यमा २० प्रतिशत थपेर मूल्य वृद्धि गर्नुुपर्ने प्रस्ताव गरेको छ ।

यता सरकारले प्रतिलिटर छ रुपियाँ वृद्धि गर्ने मनस्थिति बनाएको छ । यी सबै प्रस्ताव मात्र हुन् । बोर्डले यी सबै विषयको बारेमा मन्त्रालयलाई जानकारी गराई सकेपछि थप अध्ययनका लागि एउटा समिति बनाउने र सो समितिले दिने प्रतिवेदनका आधारमा मूल्य वृद्धि गर्ने राष्ट्रिय दुुग्ध विकास बोर्डको तयारी रहेको छ ।

हाल डेरी उद्योगीले किसानबाट एसएनएफ र फ्याटका आधारमा प्रतिलिटर ५५ रुपियाँदेखि ६० रुपियाँमा खरिद गरी ७५ रुपियाँमा विभिन्न बिक्री केन्द्र तथा बुुथहरूलाई बेच्ने गरेका छन् । बिक्री केन्द्र तथा बुुथवालाहरूले प्रतिलिटर ७६ रुपियाँमा सो दूध बेच्ने गरेको नेपाल डेरी एसोसिएसनका अध्यक्ष राधाकृष्ण सापकोटाले बताउनुुभयो ।

नेपाल डेरी एसोसिएसनका महासचिव प्रह्लाद दाहालले विगत दुुई वर्षदेखि दूधको मूूल्य वृद्धि नभएको र यसबीचमा दाना, चोकरलगायत अन्य कच्चा पदार्थको मूल्य भने बढेको उल्लेख गर्नुभयो । दूधको मूल्य वृद्धि नभएका कारण आफूहरूले सरकारलाई त्यसका लािग आग्रह गरेको बताउनुुभयो ।

उहँले हाल आफूहरूले लिटरमा चारदेखि पाँच रुपियाँको घाटा बेहोरिरहेको दाबी गर्नुभयो । डेरी उद्योग सङ्घका अध्यक्ष राजकुमार दाहालले उपभोक्तालाई मर्का नपर्ने गरी दूधको मूल्य वृद्धि गर्नुपर्ने बताउनुुभयो । उहाँले भन्नुुभयो, “हामीले किसानबाट दूूध खरिद गरिसकेपछि प्रतिलिटर १२ देखि १५ रुपियाँ खर्च लाग्ने गरेको छ, त्यसको हिसाबले अहिले दूधमा हामीलाई घाटा छ । ” कृषि मन्त्रालयले थप अध्ययन गरेर मूल्य वृद्धि गर्ने भनेको उहाँले बताउनुुभयो । याे समाचार गाेरखापत्र दैनिकमा प्रकाशित भएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *