कृषि विकास बैंकको संचालकमा महेश आचार्य नियूक्त

न्भेष्टाेपेपर । पुस ७, २०८०

काठमाडौं ।  नेपाल सरकारले कृषि बिकास बैंकको संचालक समिति सदस्यमा महेश आचार्यलाई नियुक्त गरेको छ । आचार्य अर्थमन्त्री प्रकाश शरण महतको मन्त्रिस्तरिय निर्णयबाट संचालक सदस्यमा नियुक्त हुनुभएकाे हाे ।

नवनियुक्त संचालक आचार्य सरकारी सेवाको लामो अनुभव भएका व्यक्ति हुनुहुन्छ । हाल उहाँ अर्थ मन्त्रालय, प्रशासन महाशाखाको प्रमुख पदमा कार्यरत रहनुभएकाे छ ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन अनुसार नवनियूक्त संचालक सदस्य महेश आचार्यलाई बैंक संचालक समिति बैठक नं.१०६७ का संचालक समिति अध्यक्ष राम शरण पुडासैनीले सपथ ग्रहण गराउनु भएकाे थियो । उक्त अवसरमा कृषि विकास बैंकका संचालक सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत तथ बैंकका कम्पनी सचिवसमेतको उपस्थिती रहेको थियो ।

नेपाल सरकारको ५१ प्रतिशत सेयर स्वामित्व भएको कृषि विकास बैंक सार्वजनिक संस्थान हो । यसको संचालक समितिमा नेपाल सरकारको प्रतिनिधि पनि हुने व्यवस्था भएकोले सोही व्यवस्था बमोजिम आचार्य संचालक सदस्य नियुक्त भएका हुन् ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *