मार्गशीर्ष शुक्लैकादशी (मोक्षदा एकादशी) व्रतकथा

-- विनाेद न्याैपाने

तीनैलोकको पालनकर्ता भगवान साक्षात विष्णु हजूर हुनु भएकोहुँदा मार्गशीर्ष महिनाको शुक्ल पक्षको एकादशी को नाम र त्यसको व्रतविधि वारे जिज्ञासा राख्दै अनुनय विनय युधिष्ठिरबाट सोधनी हुँदा भगवान श्रीकृष्णले बताउनु भएको प्रसंगबाट कथा अगाडि बढ्द्छ।

तिम्रो जगतकल्याणका सोधनीबाट र विधानको पालनाबाट नै तिम्रो विपुल कीर्ती संसारभर प्रसिद्द छ भनी भगवान श्रीकृष्णबाट पूर्व दिन चोखोनितो गरी एकछाक खाएर एकादशीका दिन व्रत उपवास बसी भोलीपल्ट द्वादशीका दिन यथायोग्य कर्मेष्ठी ब्राह्मणलाई यथाशक्ति गच्छे अनुसार दानपूण्य गरी असहाय र दीनहीनलाई समेत सहयोग गरी भोजन गर्ने कुराको विश्लेषण गरिएको छ ।

मार्गशीर्ष कृष्णपक्षको एकादशी उत्पन्न नामकी हुन् भने मार्गशीर्षशुक्लैकादशी को नाम मोक्षदा एकादशी हो।

यस एकादशीका दिन तुलसीको मञ्जरी सहित धूप दीप तथा यथायोग्य फलफूल नैवाद्यादिले पूजाअर्चनादि गरी रात्रीमा भगवानको नामसंकीर्तन गरी जाग्राम बस्दै भोलीपल्ट माथि उल्लेख गरिएनुसार गर्ने कुरा अर्थ्याइएको देखिन्छ।

“श्रुणु राजेन्द्र वक्ष्यामि कथां पौराणिकीं शुभम्।
अधोगतिं गता ये वै पितृमातृसुतादय:।।
अस्यास्पुण्यप्रभावेण स्वर्गं यान्ति न संशय:।
एतस्मात्कारणाद्राजन्महिमानं श्रृणुष्व तम्।।
चम्पके नगरे रम्ये वैष्णवै: सुविभूषिते।
वैरवानसेति राजर्षिस्पुत्रवत् पालयन् प्रजा:।।”

चम्पक नगरका राजा वैरवान जो प्रजालाई पुत्र समान पालनपोषण गर्दथे । उनको राज्यमा चारै वेदका पारंगत विद्वान ब्राह्मणहरूको बसोवास थियो। एक दिन ती राजाले स्वप्नमा आफ्ना पिता नर्कमा परेको र मोक्षको कामना गरेकाले राजा व्युझेपछि चिन्तित भए र श्रेष्ठ विज्ञ ब्राह्मणहरूसँग सबै वृतान्त कहे र उपाय सुझाउन भने। तब ब्राह्मणहरूले निकट रहेको पर्वत मुनिको आश्रममा गई सबै कुरा भन्न र पिताको अधोगतिबाट उद्दार गर्ने उपायको खोजीमा अनुनयविनय गर्न सुझाए।

त्यँहा चारै वेदी श्रेष्ठ विज्ञ ब्राह्मणहरूसँग रहेका पर्वत मुनिलाई प्रणाम गरी सबै वृतान्त कहे। तब ध्यानमग्न भै आँखा चिम्लेर एक छिनपछि पर्वत मुनिले तिम्रा पिता ऋतुमती समयकी धर्मपत्नी को आग्रह अनुसार ऋतुदान नगरी परस्त्रीपट्टि आशक्ति भै लाग्दा त्यसैको पापले नरकमा गएको कुरा बताउदै पत्नीभक्त नभै परस्त्री गमनबाट गर्तमा जाकिएको कुराले वैरवान राजाले कुन उपायबाट मोक्ष हुनुहुन्छ त पिताजी भनी सोधनी भएको छ। तव पर्वत मुनि आज्ञा हुन्छ —

“मार्गशीर्षे सिते पक्षे मोक्षा नाम्नी हरेस्तिथि :।
सर्वैस्तु तद्व्रतं कृत्वा पित्रे पुण्यं प्रदीयताम्।।
तस्यास्पुण्यप्रभावेण मोक्षस्तस्य भविष्यति।
मुनेर्वाक्यं ततस्श्रुत्वा नृपस्स्वगृहमागत :।।”

हे युधिष्ठिर तव मार्गशीर्षशुक्लैकादशीका दिन राजा वैरवानले स-परिवार व्रत बसी प्राप्त पुण्य गर्तमा जाकिएका पितालाई प्रदान गरेपछि उनका पिताको मोक्ष भै वैकुण्ठबाट पुत्र सहित सबैलाई आशीर्वाद प्रदान गरेको देखिन्छ।

“तस्य पापं क्षयं याति मृतो मोक्षमवाप्नुयात् ।
नाकतस्परतरा काचिन्मोक्षदा विमला शुभा।।
पुण्यसंख्यां तु राजेन्द्र न जानेकहं तु वै कृता:।
चिन्तामणिसमा ह्येषा स्वर्गमोक्षप्रदायिनी ।।”

जसले यस मोक्षदा एकादशीको व्रत उपवास बस्दछ उसको समस्त पाप नाश भै अधोगतिबाट दुःख पाएका निकष्टस्तहरू सहित मोक्ष हुँने कुरा वर्णन गर्दै भगवान श्रीकृष्णले धर्मराज युधिष्ठिर मार्फत जगत कल्याणका हेतु बताइएको कथालाई यथामति संक्षेपिकरण गर्दै रूचि राख्नेका सामू ब्रह्याण्ड पुराणान्तर्यगत यथामति प्रस्तुत गरियो।

ॐहरयेस्नम। ॐविष्णवे नम। । हरि ॐतत्सत्।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *