चार दिनकाे मर्मतसम्भारपछि मनकामना केबलकार नियमित सञ्चालनमा

इन्भेष्टोपेपर । पुष ८ २०७८

चितवन । नेपालकै पहिलो केबलकार मनकामना केबलकार नियमित सञ्चालनमा आएको छ ।

स्तरोन्नतिका क्रममा गियर बक्स र टावर मर्मतसम्भार गर्नुपर्ने भएकाले आइतवारदेखि चार दिनका लागि केबलकार सेवा बन्द गरिएको थियो ।     
     
 मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनका अनुसार केबलकारको सेवा यही पुस ४ देखि ७ गतेसम्मका लागि बन्द गरी मर्मतसम्भार गरिएको हो । मर्मतसम्भार सकिएपछि बिहीवारदेखि केबलकार सेवा पुनः नियमित सञ्चालनमा ल्याइएको उनले बताए ।     
     
केबलकार स्तरोन्नतिको चरणमा रहेको छ । कम्पनीले केबलकारमा प्रयोग हुँदै आएको एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोन्नति गर्न लागेको हो । चालू आर्थिक वर्षबाटै केबलकारलाई नयाँ प्रविधिमा लैजाने योजना रहेको कम्पनीले बताएको छ । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *