शिव पुराण अनुसार जीवनमा कहिल्यै क्षमा नमिल्ने १२ पाप कर्म

इन्भेष्टोपेपर । पुष ८ २०७८

सबै मासिसले धर्म गर्नुपर्छ पाप गर्नुहुदैन भन्छन तर धर्म भनेको के हो र पाप भनेको के हो थाहा पाउँदैनन् । जीवन चलाउने क्रममा निरन्तर कर्म गर्नुपर्छ जुन कर्म गर्दा जान वा अन्जानमै धर्मका साथसाथै पाप पनि गर्न पुगिन्छ ।

मन्दिरमा गएर निर्जीव मूर्तिलाई फूलपाती अक्षता भेटी चढाई ढोग दिनुलाई धर्म भन्छन् भने मन्दिरमा पूजा नगर्नुलाई पाप भन्छन् । प्रत्यक्ष अप्रत्यक्ष सबैले धेरै थोरै पाप गरेकै छन् कसैले आफ्नो स्वार्थका लागि त कसैले अन्जानमा ।

शिव पुराणमा कार्य, व्यवहार र सोचद्धारा गरिएको १२ पापबारे वर्णित गरिएको छ, जसमा भगवान शिवले कहिल्ये क्षमा गर्न नसक्ने बताइएको छ । यस्ता व्यक्ति सँधै शिवको क्रोधको शिकार बन्ने र कहिल्यै जीवन सुखी हुँदैन भन्ने विश्वास गरिन्छ ।

सोचेर गरिने पाप

१. अर्कोको पति वा पत्नीलाई नराम्रो नजर लगाउँनु वा उसलाई पाउँने इच्छा गर्नु पापको श्रेणीमा राखिएको छ ।

२. अर्काको सम्पति आफ्नो बनाउँने चाहाना राख्नु ।

३. कुनै सोझो–सादा व्यक्तिलाई कष्ट दिनु, उसलाई नोक्सान पुर्याउँनु वा धन–सम्पति लुट्ने आदि गर्नु कुनै पनि हालमा माफिको योग्य नहुने बताइन्छ ।

४. राम्रो कुरालाई बिर्सेर नराम्रो बाटो पछ्याउँनु पनि पाप हो ।

बोलीद्धारा गरिने पाप

५.कुनै पनि गर्भवती महिलालाई नराम्रो बचन लगाउँनु वा आफ्नो कुराले उसको चित्त दखाउँनु पाप मानिन्छ ।

६. कसैको आत्मासम्मानलाई हानि पुर्याउँने नियतले झूटो बोल्नु ‘छल’को श्रेणीमा राखिएको छ ।

७. समाजमा कसैको सम्मानमाथि हानि पुर्याउँने नियतले वा उसको पछिबाट कुरा काट्ने वा अफवाह फैलाउनु पनि क्षमा दिन नसकिने पाप हो ।

कार्यद्धारा गरिने पाप जसलाई क्षमा दिन असम्भव हुन्छ

८. धर्मले नकारेको चीज खानु वा धर्म विपरित काम गर्नु कुनै पनि हालमा व्यक्तिका लागि स्वीकार्य हुँदैन।

९. बच्चा तथा महिला वा अरु कोही पनि कमजोर जीवलाई हिंसा र असामाजिक कार्यमा संलग्न मानिसलाई पापको भागिदार मानिन्छ ।

१०. गलत तरिकाले अर्कोको सम्पति हडप्नु, ब्राम्हण व मन्दिरको चीज चोर्नेलाई पनि पापको श्रेणीमा राखिएको छ ।

११. गुरु, माता–पिता, पत्नी वा पूर्वजहरुको अपमान भूलेर पनि नगर्नुहोस् ।

१२. मदिरा सेवन गर्नु, गुरुको पत्नीसँग सम्बन्ध बनाउँनु, दान दिइएको सामान फिर्ता ल्याउँनु महापाप मानिन्छ।

— एजेन्सीकाे सहयाेगमा

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *