नेपाल आउँदा अनिवार्य होटल क्वारेन्टिन बस्नुपर्ने निर्णय स्थगित

इन्भेष्टोपेपर । पुष ४, २०७८

काठमाडौं ।  कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएका ६७ देशबाट नेपाल आउँदा अनिवार्य होटल क्वारेन्टिन बस्नुपर्ने निर्णय स्थगित भएको छ। अध्यागमन विभागले शनिबार एक सूचना जारी गर्दै यसअघि शुक्रबार गरिएको निर्णय तत्कालका लागि स्थगित गरिएको जनाएको हो।

विभागले शुक्रबार सुचना जारी गर्दै ओमिक्रोन भेरियन्ट फैलिएका ६७ देशबाट नेपाल आउँदा एक हप्ता होटल करेन्टिनमा बस्नुपर्ने र सबै खर्च यात्रुले नै बेहोर्नुपर्ने उल्लेख गरिएको थियो।

साथै, होटल करेन्टिनमामा बसेपछि पिसिआर परीक्षण गर्नुपर्ने र रिपोर्ट नेगेटिभ आएपछि पनि एक हप्ता आफ्नै घरमा सुरक्षित रुपमा बस्नुपर्ने उक्त सूचनामा भनिएको थियो।

अफ्रिकी मुलुकसहित अमेरिका, बेलायत, क्यानडा, स्पेन, इटाली, डेनमार्क, अस्ट्रिया, बेल्जियम, साइप्रस, फ्रान्स, जर्मनी, ग्रिस, नेदरल्यान्ड्स, नर्वे, पोल्यान्ड, पोर्चुगल, रसिया, सिंगापुर, स्विट्जरल्यान्ड, टर्की, दक्षिण कोरिया, थाइल्यान्ड, मलेसिया र माल्दिभ्सबाट आउनेलाई क्वारेन्टिनमा बस्नुपर्ने भन्दै सूचना जारी गरिएको थियो।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *