प्रभु महालक्ष्मी लाइफको ब्राण्ड एम्बेसडर मनोज गजुरेल

न्भेष्टाेपेपर । चैत्र २३, २०८०

काठमाण्डाैँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो ब्राण्ड एम्बेसडरमा प्रसिद्ध कलाकार मनोज गजुरेललाई नियुक्त गरेको छ । कलाकारिता क्षेत्रमा लामो समय बिताइ छुट्टै पहिचान बनाइसक्नुभएका गजुरेललाई प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले ब्राण्ड एम्बेसडरको रुपमा सम्झौता गरेको छ ।

सम्झौता पत्रमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाई तथा कलाकार गजुरेलले हस्ताक्षर गर्नुभयो ।

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले कला र हास्यव्यंग्य क्षेत्रका नक्षत्रलाई प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ‘ब्राण्ड एम्बेसडर’ नियुक्त गर्न पाउँदा निकै गौरवान्वित भएको बताउनुभयो । कलाकारिताको माध्यमबाट जनमानसमा बस्न सफल गजुरेलको कम्पनीसँगको आवद्धताले कम्पनीको प्रचार प्रसारमा विशेष उचाइ लिने विश्वास व्यक्त गर्नुभयो ।

उक्त सम्झौता हाललाई एक वर्ष कायम रहने प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले जनाएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *