तनावबाट मुक्ति पाउन विवाह अनि एक ग्लास वाइन !

इन्भेष्टाेपेपर ।  साउन १४, २०७९

शोधकर्ताहरूले औसत मात्रामा वाइन पिउने महिलाहरू वाइन नपिउने महिलाहरूभन्दा अधिक समय जीवित रहने निष्कर्ष निकालेका छन् ।

अमेरिकाको ओरेगन विश्वविद्यालयको मानव विकास तथा परिवार विज्ञान विभागका खोजकर्ताहरूले लगातार वाइन र धुम्रपान गर्नेहरूमा भने मृत्युको जोखिम बढी हुने तर औसत मात्रामा वाइन पिउनाले भने हृदयलगायत शरीरमा रोगहरू लाग्न नदिने निष्कर्ष उजागर गरेका हुन् ।

रक्सीले केही हृदयसम्बन्धी रोगहरू ठीक हुने कारणले बृद्ध अवस्थामा धेरै समयसम्म बाँच्न सकिने निष्कर्र्ष निकालेको हो ।

त्यस्तै जनरल अफ एजिङ रिसर्चको रिपोर्ट अनुसार जुन पुरुषहरू आफूमा धेरै दबाब राख्ने र तनावग्रस्त हुने गर्छन् उनीहरूको मृत्यु हुन सम्भावना ५० प्रतिशतले बृद्धि भएर जान्छ ।

अनुसन्धानकर्ताहरूले यदि आफूलाई तनावबाट टाढा राख्न चाहने हो भने सर्वप्रथम विवाह गर्नु र हरेक साँझ एक गिलास वाइन पिउने सल्लाह दिएका छन् ।

— एजेन्सीकाे सहयाेगमा

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *