आज बस्ने प्रतिनिधि सभाको बैठकमा एमसीसीमाथि छलफल हुने

इन्भेष्टोपेपर । फागुन १५, २०७८

काठमाण्डाैँ । आज बस्ने प्रतिनिधि सभाको बैठकमा एमसीसीमाथि छलफल हुने भएको छ । हिजो संघीय संसद सचिवालयले प्रकाशन गरेको आज बस्ने बैठकको कार्यसूचीमा एमसीसी सम्झौताबारेमा छलफल अघि बढाउने उल्लेख छ । 

दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले गत आर्थिक वर्षको महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश गर्ने पहिलो कार्यसूची रहेको छ । यसैगरि दोश्रो कार्यसूचीमा अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकार र अमेरिकी सरकारबीचको एमसीसी अनुदान सहायतामाथि सामान्य छलफल गरियोस् भनी प्रस्ताव गर्ने कार्यसूची तोकिएको छ ।

यस्तै प्रतिनिधिसभाको बैठकअघि बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समिति बोलाइएको सभामुख अग्नि सापकोटाको सचिवालयले जनाएको छ । 

यसअघि यही फागुन १२ र १३ गतेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक सरकारको आग्रहमा स्थगित गरिएको थियो । एमसीसी सम्झौता संसदबाट पास गर्ने विषयमा सत्ता गठबन्धन दलभित्रै विवाद रहेकाले यसअघिका बैठक स्थगित भएको थियो । 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *