मेलम्ची तटीय क्षेत्र बाढीको उच्च जोखिममा, सतर्कता अपनाउन आग्रह
इन्भेष्टाेपेपर । साउन २१ २०७९
मेलम्ची । लगातारको वर्षाका कारण सिन्धुपाल्चोकको मेलम्ची नदीको तटीय क्षेत्रमा बाढीको जोखिम बढेको छ। जिल्लाको घुम्थाङ, धाप, नाकाते र आसपास ठूलो वर्षा जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ।
यी क्षेत्रमा पछिल्लो ३ देखि ६ घण्टा ठूलो वर्षा मापन गरिएको भन्दै जल तथा मौसम विज्ञान विभागले जिल्लाको मेलम्ची, बलेफी र अन्य साना खोलामा आकस्मिक बाढीको चेतावनी दिएको छ।
बाढी पुर्वानुमान महाशाखाले कमजोर भिरालो जमिनमा पहिरोको जोखिम हुन सक्ने भन्दै बिहान १० बजेसम्म उच्च सतर्कता अपनाउन सो क्षेत्रका बासिन्दालाई आग्रह गरेको छ। खोला निकै बढेको चनौटेका बलचित खड्काले जानकारी दिए। स्थानीय योगबहादुर अर्यालयका अनुसार तालामाराङ्का स्थानीय बाढीका कारण बाहिरै बसेका छन्।
त्यस्तै, मेलम्ची नगरपालिका–२ निबु गाउँमा शुक्रबार राति पहिरो गएको छ। राति १०:१५ बजे गएको पहिराले भोटेचौर–काउले सडक अवरुद्ध भएको छ। त्यस्तै, केही घर जोखिममा परेको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ। जोखिममा परेका सुरक्षित स्थानमा गएर बसेका प्रहरीले जानकारी दिएको छ। (रासस)
