सन्देशमूलक गीत फर्कि आउन साथीसङ्गी सार्वजनिक (भिडियाेसहित)

न्भेष्टाेपेपर ।  वैशाख २, २०८२

काठमाडौँ । पछिल्लो समय गीत सङ्गीतको क्षेत्रमा एक उदयमान ताराको रूपमा उदाई रहेका गायक अशोक विष्टको फर्कि आउन साथीसङ्गी हाम्रोमाटो रोइसक्यो भन्ने राष्ट्रिय भावनाले वोतप्रोत भएको गीत आज सार्वजनिक भएको छ । 

लामो समयदेखि वैदेशिक रोजगारीमा जान बाध्य भएका तमाम नेपाली युवा वर्गलाई लक्षित गरेर अब विदेशमा श्रम गर्न पुग्यो, विदेशको श्रमले हाम्रो नेपाल बाजो भइसक्यो, अब आफ्नै स्वदेशमा फर्कि आउ र यहाँ केही गर भन्ने सन्देश गीतमा झल्कीएको छ । 

आफ्नो दर्शक माझ नयाँ वर्ष २०८२ सालको उपहार स्वरूप गायक विष्टले बजारमा ल्याउनुुभएको यस गीतका शब्दकार गायक स्वयम् हुनुुहन्छ भने यस गीतलाई सङ्गीतकार सरोज प्याकुुरेलले दिनुुभएको छ ।

प्रदिप श्रेष्ठद्धारा एरेन्ज गरिएको यस गीतको रेकर्डिङको कार्य भ्वाइस एकेडेमीले गरेको छ । हिमाल, तराई, मधेश र पहाड देशको तीनै भूभागलाई समेटेर यस गीतको छाँयाङ्कन रामकुमार प्याकुुरेलले गर्नुभएको छ । 

चर्चित सङ्गीतकार सरोज प्याकुुरेलले निर्देशनसमेत गर्नुभएको यस गीतमा कमला आचार्य, बालकलाकार रिदम प्याकुरेल, आर्दश विष्ट, लक्ष्मीप्रसाद बुुढाथोकी, कल्पना बुुढाथोकी, नारायण केसी, ढकाल परिवार, देवनारायण साह, रन्जुु साह, सबिता साह, रोशनी साह, राधिका साह, पुुरुषोत्तम भण्डारीलगायत कलाकारले अभिनय दिनुुभएको छ ।

यस भिडियोका दृश्य संपादक विश्वराम खण्डका हुुनुुहुुन्छ भने पोस्ट प्रोडक्सन ब्रम्हयाणी डिजिटल मिडियाले गरेको छ । यस छाँयाङ्कनको शृङ्गार पुुनम दाहलले गर्नुभएको छ । 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *