कोपा अमेरिका फुटबल : मेस्सीलाई करिअरकै दाेश्राे रेडकार्ड
Investopaper, असार २२, २०७६
कोपा अमेरिका फुटबल खेलमा लियोनल मेस्सीले करियरकै दोस्रो रातो कार्ड पाएका छन् । शान्त स्वभावका खेलाडी भनेर छवि बनाएका मेस्स चिली विरुद्धको खेलमा ग्यारी मेडलसँगको झगडाका कारण रातो कार्ड पाउन पुगे । जुन रातो कार्ड मेस्सीको १४ वर्षयताकै पहिलो हो ।
काेपा अमेरीका फुटवलकाे तेस्रो स्थानको प्लेअफमा अर्जेन्टिनाले चिलीलाई २–१ ले हरायो । खेलको १२औं मिनेटमा मेस्सीको पासमा सर्जियो अगुएरोले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए । २२औं मिनेटमा पाउलो डिबालाले गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर बनाए ।

३७औं मिनेटमा मेस्सी र मेडल दुबैले रातो कार्ड पाए । ५९औं मिनेटमा अर्टुरो भिडलले पेनाल्टीमार्फत चिलीले एक गाेल फर्कायाे । तर, थप गोल हुन नसक्दा डिफेन्डिङ च्याम्पियन चिली पराजित हुन पुग्यो ।
कोपा अमेरिकाको उपाधिका लागि भने आयोजक ब्राजिल र पेरुबीच नेपाली समय अनुसार साेमबार बिहान पाैने दुई बजे प्रतिस्पर्धा हुनेछ ।
