मिस नेपाल-२०२२को ताज प्रियंका रानी जाेशीलाई
इन्भेष्टाेपेपर । असार ५, २०७९
काठ्माण्डौ । सन् २०२२ को मिस नेपाल प्रियंका रानी जोशी बन्नुभएको छ । । द हिडन ट्रेजरले आयोजना गरेको प्रतिस्पर्धामा काठ्माण्डौकी जोशीले मिस नेपालको उपाधि जित्नुभएको हो ।
ललितपुरको गोदावरीमा शनिबार सम्पन्न ग्रान्ड फिनालीमा उहाँलाई मिस नेपाल नम्रता श्रेष्ठले ताज पहिर्याइदिनुभएको हो ।
त्यस्तै सरिशा श्रेष्ठ मिस नेपाल अर्थ र न्यान्सी खड्का मिस नेपाल इन्टरनेशनल घोषित हुनुभयो । फिनालीमा २४ जनाले प्रतिस्पर्धा गरेका थिए । विभिन्न ९ वटा सब–टाइटलमा विजेता पनि घोषणा गरिएको थियो ।
