अनौठो संस्कार : सोमबारको दिन युवतीहरुमाथि मज्जाले पानी छ्याप्न छुट
इन्भेष्टाेपेपर । असार ५, २०७९
विश्वमा यस्ता ठाउँहरू पनि छन् जहाँ सोमबारको दिन युवतीहरुमाथि केटाहरुले मज्जाले पानीले छ्याप्न छुट दिईन्छ । मध्य युरोपेली देशहरु पोल्याण्ड, चेक गणतन्त्र तथा पूर्वी युरोपेली देश युक्रेनमा यस्ताे चलन रहेकाे छ र याे सोमबार विशेष विदा हुने गर्दछ।
युवकहरुले आफ्नो मनपर्ने युवतीलाई मज्जाले भिजाएर ती देशहरुमा वेट मन्डे अर्थात् भिजेको सोमबार नामक पर्व मनाउने गर्दछन् । इस्टर पर्वको सोमबारका दिन त्यहाँ मानिसहरु एक अर्कालाई पानीले भिजाएर रमाइलो पर्व मनाउँछन् ।
यसरी एक अर्कामा पानी छ्प्नाले पाप पखालिने विश्वास समेत रहेको छ । परम्परा अनुसार यदि गाउँ वा त्यस क्षेत्रकी सबैभन्दा सुन्दर महिलालाई यदि कुनै पुरुषले पानीले भिजाउँछ र ती महिलाले प्रतिवाद गर्दिनन् भने त्यो भिजाउने पुरुषले जिवनमा गरेका पापहरु मेटिन्छन् भन्ने विश्वास रहेदै आएको छ ।
तर समय बदलिएसँगै पछिल्लो समय केटाहरुले जो सुकै केटीहरुलाइ पनि पानीले भिजाइदिने गरेका छन् । कतिपय अवस्थामा त पानी हान्ने र प्रतिवाद गर्ने सिलसिलामा विवाद र झगडा पनि हुने गरेको पाइन्छ ।
सोमबारको दिन केटाले केटीलाई पानीले भिजाएर पाप पखाल्छन् भने अर्को दिन मंगलबार केटीहरुका लागि छुट्टाइएको हुन्छ । त्यस दिन केटीहरुले केटालाई पानीले भिजाएर पाप पखाल्ने परम्परा रहेको छ तर पछिल्लो समय चाहीँ सोमबारै केटा र केटीले एक आपसमा पानी हानाहान गर्ने गर्दछन् ।
— एजेन्सीकाे सहयाेगमा
