आज दिउँसो ४ बजे यस वर्षको मौद्रिक नीति आउँदै

Investopaper, श्रावण ०८, २०७६

विगत दशाै दिनदेखि प्रतिक्षाकाे घडिमा रहेकाे चालु आर्थिक वर्ष २०७६/०७७ को नयाँ मौद्रिक नीति नेपाल राष्ट्र बैंकले आज र्‍याडिसन होटल, लाजिम्पाटमा अपराह्न ४ बजे सार्वजनिक गर्ने भएको छ।

आज विहान बसेकाे राष्ट्र वैंककाे संचालक समितिकाे बैठकले मस्याैदा पारीत भए पश्च्यात माैद्रिक नीति सार्वजिनक गर्ने घाेषणा गरिएकाे हाे ।

वैकहरूकाे विग मर्जर र फाेर्स मर्जरकाे विषयमा धेरै माथापच्ची भएपनि अन्तिम समयमा फाेर्स मर्जरलाइ समाबेश नगरिएकाे खवर छ । वैंकलाइ थप जाेखिम बहन गर्न सक्ने बनाउन र आक्रमक लगानीलाइ नियन्त्रण गर्न वासेल – ३ पूर्णरूपमा लागु हुने अडकल र अपेक्षा गरिएकाे छ ।

वैक मर्जरलाइ प्राेत्साहन गरिने तथा लघुवित्तलाइ समेत समेटिने जानकारी प्राप्त भएकाे छ । वजेट अनुरूप चालू आवमा ८.५ प्रतिशतको आर्थिक वृद्धि र ६ प्रतिशत मूल्य वृद्धिको सिमाभित्र राख्न सहायकसिद्ध हुनेगरि मौद्रिक नीति आउने चाही पक्का छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *