विश्वकाे सबैभन्दा महंगाे कचाैराः मूल्य सुन्दा सबैले टाेक्छन जिब्राे

Investopaper, श्रावण १८, २०७६ 

हंङकङमा अक्सन बजारमा एउटा कचौरा ३७.७ मिलियन डलरमा (झण्डै ४ अर्ब १५ कराेड नेपाली रुपैयाँमा) लिलाम भएको छ । याे कस्ताे खालकाे कचाैरा हाेला त ? जसलाइ खरिदकर्ताले यति धेरै रकम खन्याउन कुनै हिचकिचाहट गरेनन । यो सामान्य खालको कचौरा चांही पक्कै होइन हाेला ।

यो एक हजार वर्ष पुरानो कचौरा हो । चीनको सांग राजवंशले प्रयोग गरेको यो कचौरा हंङकङमा विश्व रेकर्ड कायम गर्दै लिलाम गरिएको थियाे । खरिदकर्ताले आफ्नो परिचय गोप्य राखेका छन् । उनी चीनकै हुन वा अन्य देशका हुन खुलाइएकाे छैन ।

चाइनिज सेरामिकबाट विशेष भट्टीमा तयार गरिएकाे याे कचाैरा विश्वमा बिक्रि भएका कचाैराहरू मध्ये सबैभन्दा महंगाे मूल्यमा बिक्री भएकाे हाे ।

सोथबे अक्सन हाउसका अनुसार, लिलाममा राखेको २० मिनेटमै उक्त दुर्लभ कचौरा बिक्री भएको हो । केही मानिसले फोनमार्फत बोली लगाएका थिए भने केही त्यही उपस्थित थिए । यो सानो कचौराको आकार १३ सेन्टिमिटरको छ र यो नीलो–हरियो रंगको छ । यसमा बरफका फुटेकाे धर्सा जस्तै मार्कहरू देख्न सकिन्छ ।

कचौराको महत्वको अनुमान यतिखेर लगाउन  सकिन्छ कि यसको सुरुवाती बोली १०.२ मिलियन डलरबाट शुरु गरिएको थियो । यसअघि सन् २०१४ मा चीनका मिंग राजवंशले प्रयोग गरेको रक्सीको प्याला ३५.७ मिलियन डलरमा विकेको थियो ।

  • एजेन्सी
Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *