आमा भगवानको अर्को रुप

इन्भेष्टाेपेपर । कार्तिक ३०, २०७७

‘आमा’ यत्ति उच्चारण गरेपछि तपाईंले के सम्झनु हुन्छ । पक्कै पनि आमा, माया, ममताकी खानी र सन्तानका लागि एक आदर्श हुन् ।

सन्तानलाई जन्म दिनका लागि भोग्ने कष्टदेखि पालनपोषण र उज्जवल भविष्य निर्माणका लागि आमाले खेल्ने भूमिका प्रशंसा गरेरै सकिन्न ।

त्यसैले त विभिन्न विद्धानहरुले आमाको महिनामालाई बेग्लाबेग्लै रुपमा प्रस्तुत गरेका छन् । तपाईंलाई केही दार्शनिक तथा विद्धानले आमाको परिभाषा गरी गरेका छन् भन्ने जानकारी गराउँछौं ।

“भगवानले सबै तिर हेर्न सक्दैनन् त्यसैले उनले तपाईंकालागि आमा बनाए” – रूडयार्ड किप्लिङ

“माथि जसकाे अन्त्य हुँदैन त्यसलाइ परमात्मा भनिन्छ र तल जसकाे अन्त्य हुँदैन उसलाइ आमा भनिन्छ” — अज्ञात

“म अहिले जो छु, अब जे बन्ने आशा राख्दैछु, त्यसको श्रेय आमालाई जान्छ” – अब्राहम लिंकन

“ममतामयी आमा साथमा हुने मान्छे कहिल्यै पनि गरिब हुँदैन” – अब्राहम लिंकन

“भगवान मलाइ असल आमा देउ म तिमीलाई असल राष्ट्र दिन्छु” – नेपोलियन बोनापार्ट

“मैले कहिं बाट प्रेम गर्न सिकेको छु भने त्यो सबै मेरी आमाको देन हो” – अज्ञात

“निस्वार्थ माया खोज्न अन्यत्र जानु पर्दैन आमाको काखमा गए पुग्छ” – यात्री केशर

“निर्धक्क रुनका लागि उत्तम स्थान आमाको काख हो” – जोडी पिकोल्ट

“जीवनमा यति कुरा भगवानसंग माग्नु कि आमा विनाकाे कुनै घर नहाेस र कुनै पनि आमा बेघर नहाेस” – अज्ञात

“जव म बिरामी हुन्छु, औषधीभन्दा पहिला तिम्राे याद आउँछ, आमा” — अंशु आचार्य

“आज मैले जे जति गरेँ यी सबैका लागि म मेरी आमाप्रति ऋणी छु” — जर्ज वासिंङ्गटन

“भविष्यकाे बारेमा आमाले मात्र साेच्नुहुन्छ, किनकी उनीहरूले आफ्ना सन्तानहरू मार्फत यसकाे सिर्जना गर्छन” — माक्सिम गाेर्की

“यदी छाेराहरूकाे सट्टामा दुइ देशमा आमाहरू भेट हुने हाे भने कुनै युद्भ हुने थिएन” — इ.एम. फाेष्टर

“बाबुकाे माया पाउन तिमी याेग्य हुनुपर्छ तर आमाले तिमी याेग्य नभएपनि माया गरिरहन्छिन्” — राेवर्ट फ्राेष्ट

“आज रातभर मेरी आमा सुत्नु भएकाे छैन, किनकी मैले वस यत्ति भनेकाे थिएँ कि आमा मलाइ डर लागिरहेकाे छ” — अज्ञात

“मर्नके लागि हजार बाटा छन तर जन्मिनके लागि एउटै बाटाे छ त्याे हाे आमा” – अज्ञात

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *