‘माया लाउँ कि नलाउँ भो’ को म्युजिक भिडियो सार्वजनिक

इन्भेष्टाेपेपर । कार्तिक ३०, २०७७

काठमाडाैं ।  युवा व्यवसायी तथा गीतकार चुडामणि पौडेलले आफ्नो बिल्कुलै नयाँ गीत ‘माया लाउँ कि नलाउँ भो’ को म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।  

प्रेमिल शैलीको यस गीतमा चुडामणि पौडेल र गायिका टिका प्रसाईंको युगल गायन सुन्न सकिन्छ।  गीतका शब्द चुडामणि पौडेल र टीका भण्डारीले गीतलाई संगीतवद्द गरेका हुन् । रोमी बस्नेतले यस गीतलाई संगीत संयोजन गरेका हुन् ।  

म्युजिक भिडियोमा संचारकर्मी रमेश तिवारी र नायिका केकी अधिकारीको अनस्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ।  साथमा बालकलाकार अन्सुमन पौडेल र अकेशा पोखरेलको समेत भिडियोमा अभिनय रहेको छ। भिडियोलाई आइपी आचार्यले कोरियोग्राफी गरेका हुन्।

भिडियोमा  उत्सव दहालको छायांकन र टेकेन्द्र शाहको सम्पादन रहेको छ।  शंकर कोइराला र काजी लिम्बुको निर्देशनमा भिडियो तयार पारिएको हो । गायिका टीका प्रसाईंको अफिसिएल युट्युव च्यानलमार्फत भिडियो सार्वजनिक भएको हो ।

गीतकार पौडेल लामो समयदेखि हलेशी ट्रेड लिङ्क बिर्तामोडमार्फत अटो मोबाईल व्यवसाय क्षेत्रमा संलग्न छन् । तिहारको कोशेली स्वरूप सार्वजनिक गरिएको यस भिडियोलाई हेरेर प्रतिक्रिया दिन निर्माण टिमले सम्पूर्ण संगीतप्रेमीलाई आग्रह गरेका छन् ।  

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *